Services

तराई परियोजनाको बार्षिक समिक्षा सम्पन्न

श्रावण ११, २०८१ (जुलाई २६, २०२४)

जर्सी ओभरसिज एजेन्सी (JOA) र ADRA UK को आर्थिक सहयोग, आड्रा नेपाल, फरवार्ड नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको साझेदारितामा रुपन्देही र कपिलवस्तु जिल्लाका क्रमशः सैनामैना नगरपालिका र कंचन गाउँपालिका साथै बाणगंगा र बुद्धभूमि नगरपालिकामा २ बर्ष देखि संचालित ( The Enhanced Rural AI (TERAI) Project for small holder Dairy Farmers in Nepal परियोजनाको दोश्रो बर्षको अन्त्यमा बार्षिक समिक्षा कार्यशाला संपन्न भयो l समिक्षा 24’JULY  2024 देखि 26 JULY सम्म सम्पन्न भएको थियो l

समीक्षाको पहिलो दिन परियोजना क्षेत्रको अनुगमन तथा किसानसंग अन्तरक्रिया गरिएको कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशु पंक्षी मन्त्रालयका सिनियर पशु विकास अधिकृत (उपसचिव) डा. तपेन्द्र बोहरा, राष्ट्रिय कृषि तथा पशु पंक्षी अनुसन्धान परिषद का डा. उद्धब पनेरु,पशु सेवा विभागका सिनियर पशु विकास अधिकृत डा. सुधिर कुमार सिंह को उपस्थिति रहेको थियो l त्यस्तै अनुगमन टीममा आड्रा नेपालका जीविकोपार्जन तर्फका टीम लिडर कबिर रत्न स्थापित, तराई परियोजनाका म्यानेजर डा. अनिल चन्द्र न्यौपाने, तराई परियोजनाका सहकारी तथा बजार विकास अधिकृत सरद अधिकारी, फरवार्ड नेपालका कार्यकारी निर्देशक नेत्र प्रताप सेन सेन, पशु स्वास्थ्य विज्ञ डा. सुभास चौधरी, तराई परियोजनामा इन्द्रेणीको तर्फबाट फोकल पर्सन नारायण पन्थी, इन्द्रेणीका सल्लाहकार बिष्णु गौतम समेतको उपस्थिति रहेको थियो l

 

पहिलो दिनको भमण बिहान ९ बजे देखि शुरु गरिएको थियो l पहिलो फिल्डको रुपमा  सैनामैना ७ मा रहेको रामनगर बस्ने लक्ष्मी ज्ञवालीको सुधारिएको भकारो र दाना/घाँस राख्ने डुंढको अबलोकन गर्दै सरसफाई तथा घाँस ब्यबस्थापन, साइलेज भण्डारण आदि बिषयमा किसानसंग सोधपुछ/अन्तरक्रिया गरिएको थियो l संस्थाले प्रदान गरेको न्यूनतम श्रोतमा किसानको साझेदारी गरेर भै राखेको गोठ सुधारेर सरसफाई गर्न धेरै सजिलो र समयको बचत भएको किसानबाट सुनियो l दोश्रो फिल्ड कंचन गाउँपालिका अन्तर्गत वडा नं. १ बेलभरियामा रहेको कृषि सहकारी संस्थाको अबलोकन गरियो l उक्त सहकारी संस्थामा TERAI परियोजनाबाट दुध चिस्यान गर्ने १००० लिटर क्षमताको CHILLING VAT प्रदान गरिएको थियो l छलफलको क्रममा उक्त चिस्यान मसिनबाट सहकारीलाई अति नै सजिलो भएको आफ्नो उत्पादन अनुसारको मसिन प्राप्त भएको हुँदा दुधको गुणस्तर जोगाउन सघाउ पुगेको कुरा सहकारीका अध्यक्ष लगाएत सबैले सन्तुष्टि व्यक्त गरे l तेश्रो फिल्ड त्यसपछि हामी कंचन गाउँ पालिका वडा नं. ३ मा रहेको हनुमाननगरका किसान टीका देबी शर्माको गोठ सुधारको अबलोकन गरियो l ३ वटा पशु पाल्ने ति महिला किसानले गोठ सुधार गरेपछि पशुलाई सरसफाई गर्न सजिलो भएको, सरसफाई गर्ने समयको बचत भएको, गोठ सुधार संगै मुत्र संकलन गर्न नाली निर्माण र १०० लिटर बराबरको ड्रम पनि परियोजनाबाट प्रदान गरिएको हुँदा मुत्रबाट उत्पादन वृद्धि गर्न सघाउ पुगेको जस्ता कुरा सोधपुछको क्रममा त्यहाँ व्यक्त गरियो l

चौथो फिल्डको रुपमा हामी कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकासंग सानो छलफलको आयोजना गरिएको थियो l आयोजनाको उद्देश्य नगरपालिकाले तराई परियोजना र त्यसका प्रमुख कर्ताहरु इन्द्रेणी तथा फरवार्ड संस्थाले सम्पादन गरेका क्रियाकलाप प्रति पशु सेवा शाखाले के प्रतिक्रिया राख्दछ ? अर्थात् पालिकाको नेतृत्वले कसरी बुझेको छ भन्ने बुझ्नु पनि थियो l पशु सेवा शाखामा परियोजनासंग सम्बन्धित यस अघि प्रदान गरिएका कृतिम गर्भादान गर्न सेक्स सिमेन ४५५ डोज,  लिक्विड नाइट्रोजन कन्टेनर २ थान, भिजुअल रेफ़री गन १ थान, रीतुचक्र पहिचान गन १ वटा, AI गन ४ वटा अबलोकन गरियो l त्यसपछि नगरपालिकाको नेतृत्वसंग बसेर छलफल गरियो l मेयर चक्रपाणी अर्यालले तराई परियोजनामा संलग्न संस्थाबाट नगरपालिकासंग राम्रो समन्वय गरी काम गरेको, श्रोतको दोहोरोपन नगरिएको, समय समयमा आफूले पनि किसानको घरमा गई कामको अनुगमन गरी सुझाब सल्लाह दिइएको, परियोजनाका क्रियाकलापले पालिकाको बिकासमा सहयोग पुगेको जस्ता कुरा बताउनु भयो l अन्तिम फिल्डको रुपमा बाणगंगा ८ का किसान राम बहादुर रायमाझीको सुधारिएको गोठ, घाँस ब्यबस्थापन आदिको अबलोकन गर्दै एक दिने फिल्ड अनुगमन गरियो l

समिक्षा कार्यशाला:

दोश्रो दिन अर्थात् 25 जुलाईमा TERAI परियोजनाको समिक्षा गर्न बुटवल स्थित महाराजा रिसोर्टमा एक औपचारिक कार्यक्रमको आयोजना  गरिएको थियो l कार्यक्रमको अध्यक्ष्यता आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम भट्टज्यूले गर्नुभएको थियो l  प्रमुख अतिथि डा. तपेन्द्र बोहरा, कृषि तथा पशु पंक्षी विकास मन्त्रालयका सिनियर पशु विकास अधिकृत हुनुहुन्थ्यो l अतिथिमा पशु सेवा विभागका डा. सुधिर सिंह, राष्ट्रिय गाई प्रजनन कार्यक्रम रामपुर चितवनका बैज्ञानिक डा. उद्धब पनेरु, आड्राका कबिर रत्न स्थापित, फरवार्ड नेपालका कार्यकारी निर्देशक नेत्र प्रताप सेन, इन्द्रेणीका सल्लाहकार बिष्णु गौतम लगायतका हुनुहुन्थ्यो l

समिक्षा कार्यक्रममा आड्रा नेपालको तर्फबाट जीविकोपार्जन तर्फका टीम लिडर कबिर रत्न स्थापितले स्वागत् गर्नुभएको थियो l उहाँले यो परियोजना छनौट गर्दा बिपन्न बर्ग खास गरेर ५ भन्दा कम पशु पाल्ने किसानहरुलाई मध्येनजर गरेर डिजाइन गरिएको हुँदा पालिकामा बिपन्नमुखी परियोजनाको रुपमा लिइएको बताउनु भयो l

तराई परियोजनाका म्यानेजर डा.अन्जिल चन्द्र न्यौपानेले तराई परियोजनाको बार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै परियोजनाले सजिलै लक्ष्य पुरा गर्नेमा ढुक्क हुन सकिने धेरै आधार रहेको बताउनु भयो l

मन्तब्यको रुपमा डा. उद्धब पनेरुले अबको दुध उत्पादन भनेको गुणस्तरयुक्त स्वच्छ दुध उत्पादनमा जोड दिनुभयो l डा. तपेन्द्र बोहराले ४ वटा पालिकालाई सरुवा रोग मुक्त पालिका बनाउन काम गर्नुपर्ने र त्यसको लागि मन्त्रालयको तर्फबाट हामीले पालिकलाई पूर्ण रुपमा सहयोग गर्न तयार छौ भन्नुभयो l विभागका डा. सुधिर सिंहले तराई परियोजनाले एउटा मोडेल तयार गर्न सकोस, पालिकालाई परियोजनाको तर्फबाट बिबिध यन्त्र उपकरण सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो l मन्तब्यमा फरवार्ड तथा इन्द्रेणीको तर्फबाट क्रमश नेत्र प्रताप सेन तथा बिष्णु गौतमले २ बर्ष पार गर्दा परियोजनाले बिपन्न बर्गमा थोरै भएपनि खुशी थपेको, पालिकासंग सम्पर्क समन्वय राम्रो भएको, परियोजनामा काम गर्ने मानब श्रोतले मिहिनेत साथ काम गरेकोमा खुशी व्यक्त गर्नु भयो l

 

दोश्रो दिनको अन्त्यमा इन्द्रेणीका अध्यक्ष महेन्द्र पाण्डेले परियोजनाले छोटो समयमा नै राम्रो प्रभाब पारेको देखियो l साना किसानलाई बस्तु भन्दा पनि प्राबिधिक ज्ञान प्रदान गरेको छ जुन दीगो हुन्छ l यसका राम्रा प्रभावलाई अन्य छिमेकी पालिकामा पनि विस्तार गर्न सके यस परियोजनाको प्रभाव अरु बढ्ने छ भन्नुभयो

अन्त्यमा आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम भट्टले दुधको उत्पादनको साथै उपभोग वृद्धि आजको प्रमुख चुनौती हो किन भने अहिले पनि किसानले उत्पादन गरेको दुध सजिलै बिक्रि हुँदैन, बिक्रि भैहाले उधारो दिनुपर्ने अवस्था छ l तसर्थ आन्तरिक खपत बढाउनु अहिलेको आबस्यकता हो l यस परियोजनाको सिकाईलाई भविष्यमा नयाँ परियोजना डिजाइन गर्ने कुरामा काम लाग्न सक्छ भन्दै समीक्षामा मन्त्रालय, बिभाग, नार्क, आड्रा, फरवार्ड नेपाल र इन्द्रेणी सबैप्रति आभार प्रकट गर्दै दुई दिने समीक्षाको औपचारिक कार्यक्रम समापन गर्नुभयो l   

कार्यक्रममा आड्राका फाइनान्स म्यानेजर संजीब हुज्दार, अनुगमन कोर्डिनेटर दिबेश चन्द्र कार्की, जेसी अफिसर करुणा बराल,तराई परियोजनाका सहकारी तथा बजार विकास अधिकृत शरद अधिकारी, फरवार्डका पशु स्वास्थ्य विज्ञ डा. सुभास चौधरी, लेखा अधिकृत राम दयाल थारु, इन्द्रेणीका कार्यकारी निर्देशक प्रदीप शाह, परियोजनाका फोकल पर्सन नारायण पन्थी, लेखा अधिकृत बीना चापागाई, फिल्ड कोर्डीनेटर जगबीर चौधरी, अनुगमन एसोसियट सौरभ भण्डारी, परियोजनामा काम गर्ने ४ वटा लाइभस्टक टेक्निसियनहरुको उपस्थिति रहेको थियो l

पहिलो दिनको कार्यक्रम संचालन परियोजनाका म्यानेजर अनिल चन्द्र न्यौपानेले र दोश्रो दिनको कार्यक्रम संचालन परियोजनाका फोकल पर्सन  नारायण पन्थीले गर्नु भएको थियो l कार्यशाला बुटवल स्थित महाराजा रिसोर्टमा सम्पन्न भएको थियो l

Copyright 2021. All Rights Reserved | Design by: Verve Innovation