श्रावण १३, २०८१ (जुलाई २०२४)
JULY 26’2024 का दिन अर्थात् समिक्षा कार्यशालाको अन्तिम दिन तराई परियोजनाले २०२४-२०२५ को लागि संचालन गर्ने बिस्तृत क्रियाकलापहरुलाई Detail Implementation Plan तैयार गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो l यस्तो DIP तराई परियोजना कार्यान्वयन गर्ने संस्था क्रमश इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फरवार्ड नेपालका समग्र मानबश्रोतको उपस्थितिमा सम्पन्न गरिएको हो l इन्द्रेणीको तर्फबाट ४ वटै पशु प्राबिधिकहरु, फिल्ड कोर्ड़ीनेटर साथै फरवार्ड नेपालको तर्फबाट पशु स्वास्थ्य विज्ञ डा. सुभाष चौधरी तथा लेखा अधिकृत रामदयाल चौधरीको सहभागिता रहेको थियो l सहजीकरण तराई परियोजनाका परियोजना म्यानेजर डा. अनिल चन्द्र न्यौपाने र सहकारी तथा बजार विकास अधिकृत शरद अधिकारीले गर्नुभएको थियो l कार्यशालामा इन्द्रेणीका फोकल पर्सन नारायण पन्थी र बिष्णु गौतमको पनि उपस्थिति रहेको थियो l तर्जुमा गरिएको योजना २०२४ को अगष्ट देखि २०२५ को जुलाई सम्म कार्यान्वायन गरिने छ l
Copyright 2021. All Rights Reserved | Design by: Verve Innovation