Services

आधारभूत स्वास्थ्य परियोजना (EHP) को वार्षिक समिक्षा बैठक सम्पन्न banner image

आधारभूत स्वास्थ्य परियोजना (EHP) को वार्षिक समिक्षा बैठक सम्पन्न

श्रावण १०, २०८१ (२५ जुलाई, २०२४)

आधारभूत स्वास्थ्य परियोजनाको अर्ध वार्षिक प्रगति समिक्षा बैठक होटल एभिन्यू  बुटवलमा सम्पन्न भयो l इन्द्रेणी ग्रामिण विकास केन्द्रको उपाध्यक्ष श्री चेतना थापाको अध्यक्षता र फेअरमेड फाउन्डेशनका  टिम लिडर श्री शशी कुमार लाल कर्णको  प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो l परियोजनाले रुपन्देहीका सबै पालिकाहरुमा संचालन गरेका गतिविधिहरुको बारेमा सम्बन्धित पालिकामा कार्यरत कर्मचारीहरुबाट प्रस्तुतीकरण भएको थियो l त्यस्तै  कार्यक्रमको समग्र प्रगतिको प्रस्तुतीकरण परियोजना अधिकृत किरण श्रेष्ठबाट र आर्थिक प्रतिवेदन वित्त तथा प्रशासन अधिकृत राजु शाहबाट भएको थियो l 

फेअरमेड फाउन्डेशन केन्द्रिय कार्यालयका श्री भुवन बराल (Program Quality Coordinator) श्री मिलिमा डंगोल (M & E Coordinator) तथा बुटवल कार्यालयका श्री तुलसी राम खनाल, श्री बिपिन थापा, श्री मंजु पाण्डे, श्री खुमकला गिरी र इन्द्रेणीका कार्यसमितिका सदस्य श्री चाणक्य अधिकारीले समीक्षामा सहभागी भई सुझाव सल्लाह तथा मार्ग निर्देशन गर्नु भएको थियो l 

समिक्षामा उठेका विषयहरुको सम्बोधन तथा सहभागीहरुलाई धन्यवाद कार्यकारी निर्देशक प्रदीप शाहबाट र समापन संस्थाका अध्यक्ष श्री महेन्द्र पाण्डेबाट भएको थियो l

 

Copyright 2021. All Rights Reserved | Design by: Verve Innovation