Report Details

2022-07-14 16:03:36

२०औं भूकम्प सुरक्षा दिवस २०७४ - Annual Report 2075/076 (2018/2019)

सक्षम समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार ।

भूकम्प वा भुइंचालो कुनैपनि बेला आउन सक्छ । भुईंचालोको समयमा हामी घर, अफिस, बाटो, बजार जहाँ पनि हुन सक्छौं र जहाँ भएपनि भईंचालो आउँदाको समय सुरक्षितरुपले बस्न सकियो भने हाम्रो ज्यान जोगिन सक्छ । यसको पूर्वानुमान र नियन्त्रण प्रणाली नहँुदा मानिसले सदियौं देखि जनधनको क्षति भोग्दै आईरहनु परेको छ । वि.सं. १९९० माघ २ मा गएको भूकम्पबाट ८५१९ मानिसको मृत्यु हुनुको साथै धेरै संपत्ति तथा संरचनाहरु नष्ट भएका थिए । त्यस्तै २०७२ बैसाख १२ मा गएको भूकम्प र त्यसपछि गएका पराकम्पनबाट लगभग ९ हजार जनाको मृत्यु, २२ हजार भन्दा बढी जना घाइते हुनुको साथै धेरै वस्तुभाउ तथा भौतिक संपत्तिको क्षति भएको छ र त्यसको घाउ र पीडा अझै आलै छ । जुनसुकै बेला घट्न सक्ने यस्तो विनासकारी घटनाको सामना पूर्णरुपमा गर्न नसकिएता पनि हामी बस्ने घर तथा प्रयोग गर्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउने र संभाबित भूकम्पको जाखिमबाट कसरी बच्ने र यसको सामना कसरी गर्ने ? भन्ने विषयमा सचेत भई हामी बस्ने घर, गाउँ, शहर, तथा संघ, संस्था, विद्यालयहरुमा विपद पूर्वतयारी तथा सचेतनाका कार्यक्रमहरु संचालन गरी सावधानीका उपायहरु अपनाउने हो भने यसबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ । त्यसै उद्धेश्य अनुरुप भूकम्पीय जोखिमलाई न्यूनिकरण गर्न सबैको जानकारीको लागि यो सूचनामूलक सन्देश तयार गरिएको छ ।

भूकम्प पूर्वतयारीको लागि अवलम्बन गर्नु पर्ने कुराहरु

  • भूकम्प आउँदा घर, पुल, विजुलीको तार, खम्बा आदि भत्किएर जनधनको क्षति हुने हुँदा नयाँ घरसंरचनाहरु बनाउँदा नेपाल सरकारबाट निर्धारित मापदण्ड अनुसार भूकम्प प्रतिरोधी बनाऔं । पुराना घरसंरचनाहरुको प्राविधिक जाँच गराई आवश्यकता अनुसार मर्मत संभार गरौं र भूकम्प प्रतिरोधी बनाऔं ।
  • भूकम्प थोरै समयसम्म आउने भएको हुँदा घरको माथिल्लो तलामा भएको अवस्थामा सजिलै बाहिर निस्कन समय नहुने हुँदा घरको प्रत्येक तलामा सुरक्षित स्थान पहिचान गरौं – जस्तो बलियो टेवल, डेस्क, खाट आदि जहाँ भूकम्पको समय सजिलै जान सकियोस र घुँडा टेकी गुडुल्किएर टाउको र ढाडलाई सुरक्षित राखी ओत लाग्ने (“Drop, Cover & Hold”) गर्न सकियोस । यस्तो ठाँउमा समय समयमा अभ्यास गरौं जसले गर्दा भूकम्पको समयमा सुरक्षित बन्न सहज हुन्छ ।
  • कोठामा ग¥ह्रौं र अग्ला सरसमानहरु, फर्निचरहरु नढल्ने र नखस्ने गरी बलियोसँग भित्तामा बाँधेर राखौं र सकभर ग¥ह्रौं सामानहरु भूई तल्लामा राखौं जसले गर्दा भूकम्पको समयमा हल्लिएर ढल्दा, खस्दा चोटपटक लाग्ने संभावना कम हुन्छ ।
  • भूकम्प आयो भने के गर्ने, कसो गर्ने भनी आपmनो परिवारसँग छलफल गरी पूर्वतयारीको योजना बनाएमा भूकम्पको समयमा सुरक्षित बन्न सजिलो हुन्छ ।घरमा प्राथमिक उपचार सामाग्री, टर्चलाईट, रेडियो, महत्वपूर्ण व्यक्ति तथा संस्थाको संपर्क नम्बर आदि तयारी अवस्थामा राखौं जसले गर्दा आपदकालीन अवस्थामा तत्काल सहयोग प्राप्त गर्न सजिलो हुन्छ ।
  • जनचेतनाका लागि परिवार, समुदायका ब्यक्तिहरु, विद्यालयका शिक्षक विद्यार्थीहरु, नजिकको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थासंग छलफल गरौं र आपदकालीन अवस्थाको लागि पूर्वतयारीको योजना बनाऔं ।

भूकम्प आएको समयमा अपनाउनु पर्ने कुराहरु

  • नआत्तिई धैर्यताका साथ परिस्थितिको लेखाजोखा गरी निर्णय लिउँ ।
  • ढोकामा उभिने वा टेबुल, डेस्क, खाटमुनि घुँडा टेकी गुडुल्किएर टाउको र ढाडलाई सुरक्षित राखी ओत लाग्ने (“Drop, Cover & Hold”) गरी सुरक्षित बन्ने प्रयास गरौं ।
  • भत्कन सक्ने, खस्न सक्ने बस्तुको नजिक नबसौं ।
  • यदि भूईतल्लामा बस्नु हुन्छ भने नआत्तिकन तुरुन्त बाहिर निस्कने र सुरक्षित स्थानमा पुगौं ।
  • भुकम्पको बेला भ¥याङ्गबाट नहिंड्ने, झ्यालबाट हामफाल्ने कार्य नगरौं ।
  • बिजुलीको लाईन, खोलाको किनारा, अग्ला अग्ला रुख तथा भवन नजिक नजाऔं ।
  • यदि सवारी साधन चलाईरहनु भएको छ भने सडकबाट हटेर सुरक्षित स्थान तर्फ लगेर रोकौं ।
  • बालबालिका, बृृद्घ, गर्भवती र अशक्तहरुलाई प्राथमिकताका साथ मद्दत गरौं ।
  • भूकम्पको पूर्वानुमान संभव नभएको हुँदा कुनै हल्लाको पछि नलागौं । सचेत बनौ, सुरक्षित बनौं, भूकम्पीय जोखिमबाट सबैलाई जोगाऔं ।

अनुरोधक
जिल्ला विपद व्यवस्थापन समिति कपिलवस्तु
गैरसरकार संस्था महासंघ, जिल्ला शाखा कपिलवस्तु
इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल ‐ ESCR Network / CS: MAP

Copyright 2021. All Rights Reserved | Design by: Verve Innovation